माईजोगमाई सेरोफेरो

मनोसामाजिक स्वास्थ्यबारे सचेतना

माईजोगमाई खवर

 ‘स्वस्थ मन–सफल भविष्य’ नारासहित मनोसामजिक सुस्वास्थ्य तथा मनोसामाजिक परामर्शसम्बन्धी चेतनामलूक कार्यक्रम इलामको नयाँबजारस्थित शुभकन्या इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको छ ।

सेफर माइग्रेसन प्रोगामको आयोजनामा भएको कार्यक्रममा लक्ष्मी खड्काले सहजीकरण गरेकी थिइन् ।

विद्यार्थी सहभागी रहेको कार्यक्रममा मानसिक स्वास्थ्य भनेको आफ्नो क्षमता आफैं पहिचान गर्न सक्नु र जीवनमा आईपर्ने समस्या आफैं समाधान गर्न सक्नु नै हो भन्नेबारे परामर्श दिइएको छ ।

कार्यक्रममा मानसिक स्वास्थ्यका पक्ष, मानसिक तथा मनोसामाजिक समस्या, मानसिक रोगसँग सम्बन्धित गलत धारणा सुधार गर्नेबारे पनि छलफल गरिएको शिक्षक नारद चापागाईंले जानकारी गराए ।

Leave a Response