
माइजोगमाई सेवा समाजको आयोजना तथा माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माइजोगमाई रैथाने गाथाको कार्यक्रम सम्पन्न भएको छ ।
माइजोगमाई सेवा समाजका अध्यक्ष महेश आचार्यको अध्यक्षता तथा माइजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्ता इलामका इतिहासविद् युद्ध प्रसाद बैद्यको विशेष आतिथ्यता साथै सङ्गीतकार गायक कोमल निरौलाको विशेष आतिथ्यता माइजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्यको विशेष आतिथ्यता, बुद्दि घिमिरे साहित्यिक प्रतिष्ठान ईलामका संरक्षक टिका घिमिरे ,थुम्के साहित्यिक समूह माइजोगमाईका अध्यक्ष केशवराज पौडेल, साहित्यकार दिवकर भण्डारी, वडाका जनप्रतिनिधिहरू ,माइजोगमाईमा रहेका विभिन्न जात जातिका प्रतिनिधिहरू, स्थानिय बुद्दिजिवि रंगकर्मी तथा माईजोगमाईलाई जन्मथलो बनाएका बिभिन्न ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
माइजोगमाई गाउँपालिकाभित्र भएका रैथाने कला संस्कृतिहरुको जगेर्ना गर्ने उद्देश्यले माइजोगमाई सेवा समाजले माइजोगमाईका विभिन्न विभिन्न जातजातिहरुको झाकी प्रदर्शन गर्ने अवसर समेत प्रदान गरेको थियो ।
माइजोगमाईमा रहेका विभिन्न संस्कृतिहरूलाई उक्त कार्यक्रममा प्रदर्शन गराईएको थियो । उक्त कार्यक्रममा माइजोगमाईका ख्यातिप्राप्त कलाकारहरू फुटी शेर्पा, कृष्ण भट्राई तथा माइजोगमाईलाई जन्मथलो बनाएर इलाममा कर्मथलो बनाउँदै आउनुभएका कलाकार कोमल निरौला लगायतले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने युद्ध प्रसाद वैद्यले माईजोगमाईको केहि ईतिहासलाई कोट्याउनु भएको थियो ।
कार्यक्रममा प्यानल डिस्कसन समेत भएको थियो । प्यानल डिस्कसन सञ्चारकर्मी प्रेम अधिकारीले सञ्चालन गरेका थिए भने प्यानल डिस्कसनमा माइजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, उपाध्यक्ष प्रवीना राई, साहित्यकार दिवाकर भण्डारी तथा इतिहासविद् युद्ध परिषद वैद्यको प्यानल डिस्कसन सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा माईजोगमाईलाई विभिन्न क्षेत्रबाट सेवा गरेका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको ब्यवस्थापन तुल बहादुर लिम्बूले गरेका थिए भने खाजाको ब्यवस्थापन छिपछिपे महिला कृषक समुहले गरेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण माईजोगमाई खबरले गरेको थियो ।





