
माइजोगमाई गाउँपालिकाको आयोजना तथा बि.एन.सी टिचिङ हस्पिटल बिर्तामोडको प्राविधिक सहयोगमा एकदिवसीय निःशुल्क स्वास्थ्य शिविर माइजोगमाई आधारभूत अस्पताल नयाँबजारमा सम्पन्न भएको छ।
शिविरमा एक सय चौँह्रानब्बेजना सेवाग्राहीहरूले सेवा लिएका छन्।
शिविरमा माइजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आतिथ्यता साथै माइजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद आचार्यको विशेष आतिथ्यता साथै बि.एन.सी टिचिङ हस्पिटल बिर्तामोडका डाक्टरहरू, माइजोगमाई आधारभूत अस्पतालका डाक्टर यसमिन शेर्पा, माइजोगमाईका विभिन्न स्वास्थ्य संस्थाहरूका स्वास्थ्यकर्मीहरू लगायतको उपस्थितिमा हिजो एकदिवसीय शिविर सम्पन्न भएको हो।
उक्त शिविर कार्यक्रममा माइजोगमाई गाउँपालिका र बिएनसी अस्पतालको सम्बन्ध थप मजबुत हुनु पर्ने गाउँपालिका अध्यक्षले आफ्नो भनाइ राख्दा उक्त कुराहरू व्यक्त गर्नुभयो । साथै माइजोगमाईबाट सेवा लिन बिएनसी पुगेका बिरामीहरूले त्यहाँ पुगेर अलपत्र पर्नु नहुने र त्यहाँ पुगेर अलपत्र नपर्नु पर्ने अवस्था सिर्जना गर्नु पर्ने माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले उक्त कार्यक्रममा आफ्नो कुरा व्यक्त गर्नुभयो । साथै बिएनसी अस्पतालसँग माइजोगमाईको सम्बन्ध थप मजबुत बनाउने अस्पताल पुगेका बिरामीहरूलाई अलपत्र पर्न नदिने बिएनसी अस्पतालका बजार व्यवस्थापकले बताउनु भएको थियो । शिविरमा खटिनुहुने डाक्टरहरूलाई पालिकाले मायाको चिनो प्रदान समेत गरेको थियो ।
शिविरमा जेनेरल फिजिसियन , स्त्री तथा प्रसूति रोग विशेषज्ञ ,बालरोग विशेषज्ञ ,हाडजोर्नी तथा नसा रोग विशेषज्ञ ,नाक, कान तथा घाँटी रोग विशेषज्ञ (ENT) डाक्टरहरूले सेवा दिइएका थिए ।।





