
🌺🙏 हार्दिक मंगलमय शुभकामना 🙏🌺
विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३
नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, आदरणीय पाठकवर्ग, दर्शकवर्ग, विज्ञापनदाता, शुभचिन्तक, सहयोगी, सञ्चारकर्मी तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
सत्यको विजय, आपसी सद्भाव, प्रेम, एकता र भाइचाराको सन्देश बोकेका यी महान् पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, सामाजिक एकता र सहिष्णुतालाई अझ सुदृढ बनाउँदै हाम्रो मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याऊन्।
पत्रकारिता तथा सञ्चारको माध्यमबाट समाजका गतिविधि, जनसरोकारका विषय र सत्यतथ्य समाचार सम्प्रेषण गर्ने हाम्रो यात्रामा निरन्तर साथ, सहयोग, विश्वास र हौसला प्रदान गर्नुहुने सम्पूर्ण पाठकवर्ग, दर्शकवर्ग, विज्ञापनदाता, शुभचिन्तक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
यी पर्वहरूले प्रत्येक घरपरिवारमा सुख, शान्ति, खुसी र समृद्धि ल्याऊन्। सबैमा सकारात्मक सोच, आपसी सम्मान र सामाजिक उत्तरदायित्वको भावना विकास होस् भन्ने कामना गर्दछौँ।
पुनः विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸🙏
माईजोगमाई खवर प्रा.लि. परिवार
माईजोगमाईबाट प्रकाशित पहिलो अनलाइन पत्रिका
🌐 Website: www.maijogmainews.com
▶️ YouTube: Maijogmaikhabar
📱 Facebook: Maijogmainews / माईजोगमाई खवर





