समाचार

नदी कटानले गजुरीको गलौँदीमा सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

माईजोगमाई खवर

नदी कटानका कारण धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौँदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार नदी कटानले सडक भासिएपछि उक्त खण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

सडक भासिएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको छ। जोखिम व्यवस्थापनसँगै सवारी आवागमन सञ्चालनका लागि डाइभर्सन निर्माण गर्ने वा सडक मर्मत गर्ने विकल्पबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताइन्।

राजमार्ग अवरुद्ध भएपछि उक्त सडक खण्ड हुँदै आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन्।

Leave a Response