खेलकुद

माईजोगमाई–१ मा टोलस्तरीय फुटबल प्रतियोगिताको फाइनल बिहिबार, उपाधिका लागि टोल नं. ८ र ६ भिड्दै

माईजोगमाई खवर

इलामको माईजोगमाई गाउँपालिका–१, नयाँबजारमा सञ्चालन भइरहेको टोलस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल कात्तिक २६ गते बिहीबार हुने भएको छ।

फुटबल क्लब नयाँबजार (FCN) को आयोजनामा कात्तिक २२ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधिका लागि नयाँबजार टोल नं. ८ र नयाँबजार टोल नं. ६ बीच प्रतिस्पर्धा हुने भएको हो।

फाइनल खेल बिहिदिउँसो १ बजे अमर कल्याण नमुना माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ।

स्थानीय टोलहरूबीच खेलकुदको विकास, आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल खेललाई लिएर स्थानीय खेलप्रेमी तथा दर्शकहरूमा उत्साह बढेको छ। आयोजकले फाइनल खेल अवलोकन गर्न तथा खेलाडीलाई हौसला प्रदान गर्न सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी तथा फुटबलप्रेमीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

Leave a Response