
माईजोगमाई गाउँपालिका को केन्द्र मा हिजो बाट सुरु भएको इन्डो नेपाल टि – 20 सिरिज अन्तर्गत आज भएको दोस्रो इन्डो नेपाल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै राँची क्रीकेट टिमले १६३ रन बनाउदै १६४ को बिजयी लक्ष्य इलाम क्रीकेट टिमलाई दिएको थियो ।
जस्मा इलाम का बलर दिवस खड्का ले ३ विकेट र सुमन बेघा लिम्बू ले ३ विकेट लिन सफल भएको थियो । जवाफी ब्याटिङ मा उत्रिएको इलाम क्रीकेट टिम ११७ मा अलआउट हुँदै ४६ रनको हार सँगै इन्डो नेपाल क्रीकेट सिरिज १-१ को बराबरी गर्न सफल भएको छ राँची क्रीकेट टिम । राँची क्रीकेट टिम बाट इन्द्र लेप्चा को धारिलो बलिङ को सामु इलाम क्रीकेट धरासायी भएको थियो । इन्द्र को ४ विकेट तथा कप्तान सुमित अधिकारी को ३ विकेट , सागर ले २ विकेट को साथै निवस मगरले १ विकेट लिदै टिमको जितलाई सुनिश्चित पारे । राँची बाट हिमाल उराव ले ६० रनको सानदार अर्धसतकिय पारी खेले भने तेजस सुनुवार ले ३७ रनको महत्त्वपूर्ण पारी खेले । यस्तै गरि इलाम क्रीकेट टिम बाट दिपेन्द्र मगरले ३८ रन को पारी खेले भने , पुजन खड्का ले २३ रनको पारी खेले पनि टिमको जितको लागि पर्याप्त हुन सकेन ।
सिरिज को निर्णायक तथा अन्तिम खेल भोलि बिहान ८ बजे अमर कल्याण मावी को ग्राउन्ड मा हुनेछ ।





