
माइजोगमाई गाउँपलिका बडा नं ६ प्याङमा सम्पन्न टोलकपको फाईनल खेलमा प्याङ ४ र प्याङ ५ बिच भएको खौलमा प्याङ ४ ले प्याङ ५ लाई १ का बिरूद्द ७ गोल गर्दै आफ्नो जित निकालेको हो ।
जितसगै प्याङ ४ ले रू १०००० साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पारेको थियो भने उपबिजेता टिम प्याङ ५ ले रू १०००० , ट्रफी मेडल र प्रमाण पत्र हात पारेको हो ।
माईजोगमाई ६ प्याङमा बिगत बर्षहरूमा हुँदै आईरहेको शिवरात्री गोल्डकप यश बर्ष गत असोज १८ र १९ को बाढी पहिरोको कारण यश बर्ष हुन नसकेको थियो ।
स्थानिय स्तरमा खेल्लाडी उत्पादन गर्ने गरी RRC प्याङको आयोजनामा यस बर्ष बुद्द जयन्तिको अवसर पारेर टोलकप गरिएको हो ।
खेलमा उदयमान खेल्लाडी सुजन राई घोषित भए , खेलमा सुदर्शन सोङ्मीले खेल अवधिभरमा ७ गोल गरदै सर्वाधिक गोल कर्ता घोषित भए , खेलको उत्कृष्ट गोल रक्षक समीर मगर , उत्कृष्ट खेल्लाडी बिमल सोङ्मी घोषित भए ।
प्रतियोगितामा प्रमुख अथिति वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी , अतिथिहरू कार्यापालिका सदस्य राम कुमारी परियार , वडा सदस्यहरू सिता खालिङ , मिङ्मा शेर्पा , बिजय प्रसाद थेवे सबै टोल बिकास समितिका पदाधिकारीहरू , RRC प्याङका पदाधिकारीहरू , खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।





