खेलकुद

राष्ट्रपति रनिङ शिल्डको क्लोज क्याम्प माईजोगमाईमा सम्पन्न

माईजोगमाई खवर

ईलाम जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि माईजोगमाई गाउँपलिकाबाट छनौट भएका ३३ जना बिद्यार्थीहरूलाई गत बैशाख १५ बाट  क्लोज क्याम्पमा राखिएको थियो । १० दिन सम्म संचालन भएको क्लोज क्याम्पमा खेल प्रशिक्षक प्रविन राई र प्रकाश लिम्बुले प्रशिक्षण गराउनुभएको हो  ।

क्लोज क्याम्प समापनको अवसरमा सहभागी बिद्यार्थीहरूलाई माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे उपाध्यक्ष प्रविना राई शिक्षा शाखा प्रमुख करूणा नेपाल लगायतले खेलको शुभकामना समेत ब्यक्त गर्नुभयो ।  

माईजोगमाईले बिगत बर्षहरूमा प्रत्येक बर्ष आफ्नो स्थानलाई बढाउदै आईरहेको छ । यश बर्षको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुर्योदय नगरपालिकामा  हुने भएको हो ।

Leave a Response