खेलकुद

माइजोगमाईमा इन्डो-नेपाल क्रिकेट शुक्रबारबाट सुरू

माईजोगमाई खवर

इन्डो–नेपाल खेलअन्तर्गत भारतको राँची क्रिकेट क्लब र इलाम जिल्ला क्रिकेट टिमबीच माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा सुरु भएको टी–20 सिरिजको पहिलो खेलमा इलाम विजयी भएको छ ।

शुक्रबार भएको खेलमा राँची– ११ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा १३० रनको लक्ष्य प्रस्तुत गरेको थियो । राँचीका लागि तेजस सुनुवार र एमडी खानले समान ३५-३५ रन बनाए भने इन्द्र लेप्चाले ३० रन तथा सुमित अधिकारीले २० रनको योगदान दिएका थिए । टोलीले अतिरिक्ततर्फ ९ रन प्राप्त गरेको थियो ।

बलिङतर्फ इलामका हेमन राई र दिवस खड्काले समान २-२ विकेट लिए । सगुन क्षेत्री र पुजन खड्काले १-१ विकेट हात पार्दै राँचीको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए ।

१३० रनको लक्ष्य पछ्याएको इलाम जिल्ला क्रिकेट टिमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको हो । इलामका ओपनर दीपेन्द्र मगरले १८ रन बनाए भने अर्का ओपनर दीपेन राईले ३४ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङमा आएका सुमन बेघा लिम्बूले शानदार ४६ रन बनाउँदै इलामलाई जिततर्फ अघि बढाए ।

राँचीका तर्फबाट एमडी खान र इन्द्र लेप्चाले समान १/१ विकेट लिए पनि इलामको जित रोक्न सकेनन् । (palikapage)

Leave a Response