खेलकुद

चितवनले दिएको १३० रनको लक्ष्य पच्छ्याउँदै सुदूरपश्चिम

माईजोगमाई खवर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई १३० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको रन मदतमा २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो ।

चितवनका लागि रवि बोपारले सर्वाधिक ४९ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४० बलमा ३ चौका र २ छक्का मदतमा ४९ रन बनाएर आउट भए ।

अर्धशतकका लागि १ रन आवश्यक भएका बेला ठूलो सट प्रहार गर्ने चक्करमा बोपारा आउट भए । यसअघि विराटनगर किंग्स विरुद्ध पहिलो खेलमा चितवनको कप्तानी गरेका उनले अविजित ३२ रन बनाएका थिए ।

२७ रनमा २ विकेट गुमाएको अवस्थामा चितवनका लागि रवि बोपारा र डाविड मालानले ३५ रनको साझेदारी गरेका थिए । यस्तै बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रनको साझेदारी गरेका थिए ।

विवेक कुमार यादवले अन्तिम बलमा रनआउट हुनुअघि १५ बलमा १ चौका र १ छक्का मदतमा १७ रन जोडे । डाविड मालानले १६ तथा अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५ रन रन बनाए । टम टेलर ६ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १-१ विकेट लिए । अहिले सुदूरले जवाफी ब्याटिङ गरिरहेको छ । (प्रशासन)

Leave a Response