समाचार

देउमाई–९ मा खोरेत रोगविरुद्धको खोप अभियान सम्पन्न

माईजोगमाई खवर

पशुधनको स्वास्थ्य संरक्षण, खोरेत रोगको रोकथाम तथा नियन्त्रण र किसानको आर्थिक सुरक्षा गर्ने उद्देश्यले देउमाई नगरपालिका–९ मा २०८३ साल असोज ३ गतेदेखि २५ गतेसम्म सञ्चालित खोप अभियानअन्तर्गत वडाका विभिन्न गाउँ–बस्ती, टोल तथा दुर्गम क्षेत्रसम्म पुगेर पशुचौपायालाई खोप सेवा प्रदान गर्दै अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ।

देउमाई नगरपालिका–९ मा खोपकर्ता कार्यरत पशु स्वास्थ्य प्राविधिक दिवाकर न्यौपानेका अनुसार पशुधनको संरक्षण किसानको आर्थिक सुरक्षा, उत्पादन वृद्धि तथा दिगो जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। पशुमा लाग्ने संक्रामक रोगबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न समयमै खोप लगाउनु, उचित हेरचाह गर्नु र रोगसम्बन्धी आवश्यक सतर्कता अपनाउनु महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो।

अभियानअन्तर्गत वडाभित्रका विभिन्न गाउँ–बस्ती, टोल तथा दुर्गम क्षेत्रसम्म पुगेर पशुचौपायालाई खोप सेवा प्रदान गरिएको थियो। भौगोलिक कठिनाइ र दुर्गम बस्तीको चुनौतीका बाबजुद पनि पशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै सम्भव भएसम्म वडाका सबै बस्तीमा खोप सेवा पुर्‍याउने प्रयास गरिएको पशु स्वास्थ्य प्राविधिक दिवाकर न्यौपानेले जानकारी दिनुभयो।

Leave a Response