
माईजोगमाई गाउँपालिकामा कोदोको बिस्कुट तथा बेकरी सम्बन्धी तालिम समापन भएको छ ।।
माईजोगमाई गाउँपालिकाले उपाध्यक्ष सगँ युवा उद्यामी कार्यक्रम अन्तरगत यस बर्ष कोदोको बिष्कुट तथा बेकरी सम्बन्धी तालिम संचालन गरेको हो । माईजोगमाई गाउँपालिकाको ६ वटै वडाहरुबाट तालिममा सहभागीहरु समाबेश भएका थिए भने सहभागीहरुले तालिम उपलब्धीमुलक रहेको समेत बताएका थिए ।
माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा गत असार १ गतेबाट ५ गतेसम्म संचालन भएको तालिममा कोदोको बिस्कुट तथा बिभिन्न बेकरी सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

तालिमको सुरु दिन उद्यम बिकास सहजकर्ता तेज तारम मगरले उद्यमशिलता सम्बन्धी तालिम दिनुभएको हो । साथै तालिमको दोस्रो दिनबाट समापनको दिन सम्म मेनका बेकरी उद्योग ईलामका सर्मिला निरौला र बिकास गुरुङले सहजीकरण गर्नुभएको थियो साथमा समापनको अवसरमा उपाध्यक्ष सगँ युवा उद्यामी कार्यक्रमको कार्याविधि के कस्तो रहेको छ भन्ने सन्दर्भमा सामाजिक बिकास शाखा प्रमुख मान बहादुर पौडेलले जानकारी समेत दिनुभएको थियो ।
समापन कार्यक्रम उपाध्यक्ष सगँ युवा उद्यामी कार्यक्रमका संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, ६ वटै वडाका वडाध्यक्षहरु , कार्यापालिका सदस्यहरु ,उपाध्यक्ष सगँ युवा उद्यामी कार्यक्रम समितिका पदाधिकारीहरु , सहभागीहरु लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

समापनको अवसरमा माईजोगमाई गाउँपालिका सम्म आएर प्रशिक्षण गराउनुहुने प्रशिक्षकहरुलाई सहभागिको तर्फबाट र माईजोगमाई गाउँपालिकाको तर्फबाट मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन माईजोगमाई गाउँपालिका सामाजिक शाखा प्रमुख मान बहादुर पौडेलले संचालन गर्नुभएको थियो ।
केहि तस्विरहरु :
add a comment





