माईजोगमाई सेरोफेरो

माईजोगमाईलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ईलामको माईजोगमाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राम शंकर देव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राष्ट्रिय खोप तालिका अनुसार पालिकाका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।”

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रम माईजोगमाई गाउँपालिका खोप समन्वय समितिका संयोजक तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका संयोजक तथा ईलाम जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राईको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका खोप समन्वय समितिका सह-संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता , माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत , ६ वटै वडाका वडाध्यक्षहरु , कार्यापालिका सदस्यहरु , वडाका जनप्रतिनिधिहरु , माईजोगमाई भित्रका स्वास्थ्य संस्थाका कर्मचारीहरु , महिला स्वथ्य स्यमसेविकाहरु लगायतको उपस्थितिमा कार्यक्रम समापन भएको हो ।

कार्यक्रमको अवसरमा पूर्ण खोप अभियानमा खटिनुहुने माईजोगमाई भित्रका ६ जना स्वस्थ्य संयमसेविकाहरुलाई र ६ वटै स्वास्थ्य संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

Leave a Response