
उपाध्यक्षसगँ युवा उद्यमी कार्यक्रम अन्तरगत कोदोको बिस्कुट तथा बेकरी बनाउने सम्बन्धी सिप बिकास तालिम आजबाट माईजोगमाई गाउँपालिकामा सुरु भएको छ । उपाध्यक्षसगँ युवा उद्यमी कार्यक्रममा माईजोगमाई गाउँपालिकाको ६ वटै वडाबाट वडाले सिफारिस गरेका उद्यामीहरुको सहभागिता रहेको छ । आजबाट ५ दिन सम्म संचालन हुने तालिममा कोदोबाट बनिने बिस्कुट र बेकरीसम्बन्धीको तालिम सगै उद्ययामशिलता सम्बन्धी तालिम समेत प्रदान गरिएको छ ।
उद्घाटन कार्यक्रम उपाध्यक्ष सगँ युवा उद्यमी कार्यक्रम संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष याम कुमार कार्की ,वडा नं ४ का वडाध्यक्ष डुरन देवान ,वडा नं ५ का वडाध्यक्ष निर्मलध्वाज राई , वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी , कार्यापालिका सदस्यहरु अमर बहादुर थामी , छत्र बहादुर दर्जी तथा ६ वटै वडाबाट उपस्थित सहभागिहरुको उपस्थितिमा कार्यक्रमको उद्घाटन भएको हो ।
आजको पहिलो दिनको तालिमको सहजिकरण उद्यम बिकास सहजकर्ता तेज बहादुर तारम मगरले गर्नुभएको छ भने कार्यक्रमको संचालन सामाजिक बिकास शाखा प्रमुख मान बहादुर पौडेलले संचालन गर्नुभएको थियो ।
add a comment





