जिवन बिकासको केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम नयाँबजारमा सम्पन्न
माईजोगमाई खवर

जिवन बिकस लघुबित्त बित्तिय संस्था नयाँबजार शाखाले आज केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अवसरमा माईजोगमाई गाउँपालिका भित्रका शाखाका सदस्यहरु मध्येका जेहेन्दार ५ जना बिद्यार्थीहरुलाई एक बर्षको शौक्षिक खर्च बेहोर्ने भएको छ । संस्थाले केन्द्र प्रमुखहरु सगँ बित्तिय साक्षरता सम्बन्धी अन्तरक्रिया समेत गरेको छ ।

संस्थाले २ बर्षको अन्तरालमा यस प्रकारको कार्यक्रमहरु गर्दै आएको छ भने आज संस्थाले बिभिन्न बिधामा सदस्याहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुने बिधामा उत्कृष्ठ बचतकर्ता मध्येमा ३ जनालाई सम्मान गरेको छ त्यसैगरी उत्कृष्ठ ऋणी ३ जना , उत्कृष्ठ उद्यामी ३ जना , उत्कृष्ठ ए.टि.एम प्रयोकर्ता २ जना र उत्कृष्ठ ५ केन्द्रलाई पुरस्कृत गरेको छ ।

केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम जिवन बिकास लघुबित्त बित्तिय संस्थाका संस्थागत तथा सामाजिक बिकास प्रमुख बिजय कुमार मण्डलको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता साथै वडा नं १ का वडाध्यक्ष याम कुमार कार्की , ईलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरी , बिभिन्न शाखाका प्रमुख तथा सदस्यहरु तथा कर्मचारीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।





