खेलकुद

राेङमा राष्ट्रपति कप समापन

✍️ गोबिन्द पौडेल / रोङ

राेङ गाउपालिकाले हरेक बर्ष गर्दै आएकाे राष्ट्रपतिकप आज सकिएकाे छ । वालबालिकाहरुकाे खेल बिकास र खेल प्रतिभाकाे प्रस्तुतिकाे लागि गरिने अन्तर बिद्यालय राष्ट्रपतिकप प्रतियाेगिता गत मसिर २५ गतेवाट ३ दिनसम्म चलेर आज सकिएकाे हाे ।

शान्ति निकेतन माध्यामिक बिध्यालयकाे खेलमैदानमा भएकाे प्रतियाेगितामा बिभिन्न नाै वटा माध्यामिक बिद्यालयका बिद्यार्थीहरुले भाग लिएका थिए जसमा २१ स्वण १६ कास्य ८ रजत सहित शान्ति निकेतन मा बि पहिलाे ,७ स्वर्ण २ कास्य १ रजत सहित माेतिराम माबि दाेश्राे,५ स्वर्ण ५ रजत र ५ कास्य सहित शान्तिपुर माबि तेश्राे भएकाे थियाे ।

यसैगरि सरस्वती माबि रम्भ्याङले ५ स्वर्ण र २ रजत ,शशि मा बि वदमटारले ५ स्वर्ण ४ रजत ६ कास्य, सरस्वती मा बि भालुझाेडाले २ कास्य र ४ रजत ,बहुवन मा बि ले १ रजत र २ कास्य, कुवापानि मा बि ले २ वटा कास्य पदक जितेकाे थियाे । कार्यक्रममा बिजेता खेलाडिहरुले मेडल र प्रमाणपत्र पाएका थिए भने प्रथम दाेश्राे र तेश्राे हुने बिद्यालयहरुले शिल्डकप पाएका थिए ।

पालिकाकाे खेलकुम्भ मानिने राष्ट्रपति कपबाट छनाैटमा परेका खेलाडिहरु जिल्ला स्तरिय राष्ट्रपति कपकालागि याेग्य हुनेछन् । खेल क्षेत्रमा वालबालिकाहरुकाे उत्साहप्रद लगाव देखिएपनि राेङ गाउपालिकाले बिद्यालयहरुमा खेल सामाग्री र न्युनतम खेलमैदानकाे पुर्वाधार समेत पुर्याउन भने सकेकाे छैन ।

Leave a Response