इलामको रोङ गाउपालिका ३ मा सञ्चालित पामकोल बचत तथा ऋण सहकारी संस्थाको २८ साधारण सभा २१ करोड ५३ लाख ४९ हजार ८९७ रुपैयाको बार्षिक बिवरण पारित गर्दै सम्पन्न भएको छ । सभाले आगामी आर्थिक बर्षको २३ करोड ४८ लाख ३७ हजार ८०० रुपैयाको बार्षिक बजेट पनि तयार गरेको छ ।
साधारण सभामा रोङ गाउपालिका अध्यक्ष मणिकुमार स्याङबो उपाध्यक्ष बिष्णुमाया खवास, वडा अध्यक्षहरु मात्रिका बराल, राजकुमार लाप्चा, दलबहादुर पुलामी सस्था सञ्चालक समिति, लेखा सुपरिबेक्षण समिति लगायतका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
सस्थाका अध्यक्ष गिताप्रसाद घिमिरेको सभापतित्वमा भएको साधारण सभामा सस्थाका असल कारोबारीहरुलाई सम्मान तथा पुरस्कृत पनि गरिएको ब्यवस्थापक डालिम न्यौपानेले बताउनुभयो ।
यसैबिच साधारण सभाको अवसरमा सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी हासपोखरी उपसाखाको संयोजन तथा दमक उपसाखाको प्राबिधिक सहयोगमा रक्तदान भएको हासपोखरी उपसाखा सभापति नेत्रप्रसाद पोख्रेलले बताउनु भयो ।