समाचार

रोङमा तिते करेला काे सुकुटी

✍️ गाेबिन्द पाैडेल, २७ मंसिर

गुन्द्रुक ,बेसार,चिया,मह,सिस्नाे जस्ता कृषि उपजकाे उत्पादन र प्याकेजिङ गरेर बजारमा ल्याएकाे राेङ गाउपालिकाले करेलाकाे सुकुटि पनि बजारमा ल्याएकाे छ ।
बहुगुणी करेलाको सिजन सकियो तर पारखीहरुले चिन्ता लिनु पर्दैन
बेमौसम मा पनि उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरेर तिते करेलालाई सुकाएर प्याकेजिङ्ग , ब्राण्डिङ्ग राेङ गाउपालिकाले गरेका छ ।
यो बर्ष थोरै (२०० केजि सुख्खा ) सुख्खा करेला तयार गरेका करेलाको अध्ययन अनुसन्धान अत्यन्तै सफल भएको गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाेले बताए ।

बजार मूल्य कम हुदा एक सिजनमा ५० हजार केजि काचो करेला प्रशोधन गर्न सक्ने उधोग निर्माण अन्तिम चरणमा छ। अब आउने सिजनबाट किसानको उत्पादित करेला प्रशोधन गर्न आनन्दले सक्ने अवस्थामा गाउपालिका रहेकाे स्याङ्वाेले बताए ।

सबै किसानहरु उत्पादनमा लाग्नुहोस , बजार मूल्य राम्रो हुदा बजार मै बिक्री गर्नुहोस , मुल्य कम भए सम्पर्क गर्नुहोला। तर एक ढोको उत्पादन गरेर चाहिँ सम्पर्क नगर्नुहोला। करेला खेती सम्बन्धी तालिम आवश्यक परे सम्बन्धित वडा मार्फत तालिम माग गर्नुहोला उनकाे भनाई छ ।

” रोङ तिते करेला ” लाई त्यतिकै गुन्द्रुक संग मोलेर अचारको रुपमा खाना सकिन्छ, फ्राई गरेर खाना सकिन्छ। तातोपानीले ५/१० मिनट भिजाए पुरानै स्वरुप तथा स्वाद आउनेछ र सधै झै विभिन्न तरिकाले पकाएर खाना सकिनेछ।
राेङ गाउपालिकाकाे सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रसाेधन गरेर बजारीकरणमा लागेपछि यसकाे खेतिमा किसानहरुकाे उत्साहप्रद लगाव रहेकाे करेला खेति गर्दै अाएका राेङ ३ प्युरेका लक्ष्मि लेप्चाले बताए ।

Leave a Response