
प्रसिद्ध धार्मिक तथा एतिहासिक माघे संक्रान्ति मेलामा माईजोगमाई गाउंपालिका कृषि शाखा बाट प्रतियोगीतात्मक कृषि प्रदर्शनी हुने भएको छ । इलाम नगरपालीका र माईजोगमाई गांउपालीकाको संगमस्थल जोगमाई खोलाको दोभान माईबेनीमा बर्षेनी लाग्दै आएको माईबेनी मेलामा कृषि प्रदर्शनी हुन लागेको हो । माईजोगमाई कृषि शाखाको आयोजनामा हुने उक्त प्रतियोगीतात्मक कार्यक्रममा खाद्यान्न तथा दहन बाली,तरकारी बाली,फलफल बाली,नगदे बाली र रैथाने बाली गरी ६ वटा बिधामा कृषकहरुलाई पुरस्किृत गरीने कृषि साखा प्रमुख उषा श्रेष्ठले बताउनुभयो । उहाका अनुसार उक्त प्रतियोगीता खुल्ला रहेको हुदाँ सबै क्षेत्रका कृषकहरुले प्रतियोगीतामा भाग लिन पाउने छन । प्रतियोगीता माघ १ गते हुने छ ।
add a comment