
जिल्ला प्रहरी कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालय इलामको संयुक्त आयोजना तथा माईजोगमाई गाँउपालिकाको सहकार्यमा जिल्ला इलाम माईजोगमाई गाँउपालिकाको सभाहलमा ” स्थानिय तह संग शान्ति सुरक्षा ,अपराध नियन्त्रण, सिमा सुरक्षा तथा सेवा प्रवाह” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ ज्युको अध्यक्षता तथा माईजोगमाई गाँउपालिकाका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सोहि गाँउपालिकाका उपाध्यक्ष प्रविना राईको विशेष आथित्याता , वडाध्यक्षहरू, वडासदस्यहरू, स्थानिय जनप्रतिनिधिहरू, कर्मचारीहरु साथै स्थानिय नागरीकहरु समेतको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाले ” स्थानिय तह संग शान्ति सुरक्षा ,अपराध नियन्त्रण, सिमा सुरक्षा तथा सेवा प्रवाह” विषयमा प्रशिक्षण दिनु भएको थियो ।
साथै जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाले चौकीहरुको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । उहाँले इप्रका नयाँबजार र प्रचौ नाम्सालिङ समेतको निरीक्षण गर्नु भई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।