
माईजोगमाई गाउँपालिकामा आज महिला समन्वय समितिको आयोजनामा ११५ औ अन्तराष्ट्रिय नारी दिवस मनाईएको छ ।
नारी दिवसको अवसरमा माईजोगमाई गाउँपालिकाका पूर्व महिला जनप्रतिनिधिहरूलाई सम्मान समेत गरिएको छ ।
सम्मानित हुनेमा माईजोगमाई गाउँपालिका पूर्व उपाध्यक्ष सावित्रा भट्टराई , पूर्व कार्यपालिका सदस्य कबिता राई रहनुभएको छ । अन्य महिला सदस्यहरू उपस्थित हुन नसके पनि सबैलाई सम्मान गरिने महिला संमन्वय समितिले जनाएको छ ।
कार्यक्रममा पूर्व जनप्रतिनिधिहरूलाई कार्यक्रमका सभाध्यक्ष तथा प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
एक शताब्दीभन्दा अघिदेखि ८ मार्च लाई मानिसहरूले महिलाको विशेष दिन मानेर विश्वभरि नारी दिवस वा महिला दिवस मनाउँदै आएका छन्।
सन् १९०८ मा न्यूयोर्क सिटीमा १५,००० महिलाले दैनिक काम गर्ने समयावधि घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र आफूलाई मतदानको अधिकार प्राप्त हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। त्यसैबाट दिवसको बीजारोपण भएको थियो।
त्यसको एक वर्षपछि ‘द सोशलिस्ट पार्टी अफ अमेरिका’ले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो ।
कार्यक्रम गाउँपालिका स्तरिय महिला संमन्वय समितिका अध्यक्ष उषा देवी दाहालको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको प्रमुख आथित्यता साथै गाउँपालिकाका पूर्व उपाध्यक्ष सावित्रा भट्टराईको विशेष आथित्यता , वडाका महिल सदस्यहरू , विभिन्न बिद्यालयका शिक्षिकाहरू वडका महिला संमन्वय समितिका पदाधिकारीहरू नयाँबजार बजार व्यवस्थापन समितिका महिला पदाधिकारीहरू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।