समाचार

माईजोगमाईमा साङ्केतिक भाषाको तालिम सम्पन्न

ईलाम बहिरा संघ ईलामको आयोजना र माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा संचालित १० दिने साङ्केतिक भाषाको आधारभूत तालिम माईजोगमाईमा आज सम्पन्न भएको छ ।

ईलाम बहिरा संघका अध्यक्ष अम्बिका प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम वडा नं १ का वडाध्यक्ष याम कुमार कार्कीको प्रमुख आथित्यता तथा प्रशासन शाखा प्रमुख गोकुल प्रसाद संजेल ,शिक्षा युवा तथा खेलकुद शाखा करूणा नेपाल ,महिला बिकास निरिक्षक सिर्जना राई , ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रतिनिधि, अपङ्गता सहजकर्ता सरोज पौडेल लगायतको उपस्थितिमा तालिमको समापन भएको हो ।

श्रवण शक्ति नभएका र वोल्न नसक्नेको लागि तालिम ज्यदै प्रभावकारी रहेको कार्यक्रममा अतिथिहरुले बताउनुभयो ।

बहिराहरूलाई यश प्रकारको साङ्गेतिक तालिम दिएको ईलाम जिल्लामा नै पहिलो पालिका माईजोगमाई गाउँपालिका रहेको छ ।

सुर्योदयको कर्फोक माबि ,ईलामको बरबोटे माबि र जितपुरको जितपुर माबिमा साङ्केतिक भाषाको समेत पढाइ हुने गरेको छ ।

पालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई बिभिन्न समयमा घरमै गएर बिभिन्न प्रकारका परिचय पत्रहरु र सहायक सामाग्रीहरु समेत बितरण गर्दै आएको छ ,भने फरक क्षमता भएका ब्यक्तिहरूलाई विभिन्न प्रकारको तालिमहरू दिदै आएको छ ।

Leave a Response