समाचार

मेचीनगरमा एसी, फ्रिज मर्मत सम्बन्धी एडभान्स तालिम सुरु  

मेचीनगरमा एसी, फ्रिज मर्मत सम्बन्धी एक महिनाका लागि एडभान्स तालिम सुरु भएको छ ।मेची उद्योग बाणिज्य संघको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको प्रविधिक सहयोगमा आजदेखि धुलाबारीमा एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने एडभान्स तालिम सुरु भएको हो ।

तालिममा मेचीनगरका करिव २० जना एसी, फ्रिज मर्मत सम्बन्धी काम गरिरहेका र नयाँ सिक्न चाहाने व्यक्तिहरु सहभागी भएको मेची उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत गोपाल वस्नेतले जानकारी दिए ।तालिममा सहभागीहरुलाई एसी, फ्रिज सिटीभिटी लेवलका प्रशिक्षक बासु भण्डारीले प्रशिक्षण दिइरहेको उनले बताए ।
गत जेठमा पनि मेचीनगरमा एसी, फ्रिज मर्मत सम्बन्धी एक महिनाको एडभान्स तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका अधिकृत छैटौँ जानकी भट्टराईले बताए ।मेची उद्योग बाणिज्य संघको सभाहलमा एक महिनासम्म उक्त तालिम सञ्चालन हुने छ ।(aakha.com)

Leave a Response