माईजोगमाई सेरोफेरो

प्राथमिक बिद्यालय स्तरिय नृत्य प्रतियोगिता माईजोगामाईमा सम्पन्न

✍️ मेनुका नेपाल

माईजोगमाई गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा माईजोगमाई गाउँपालिका भित्रको प्राथमिक बिद्यालय स्तरिय नृत्य प्रतियोगिता आज सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका भरीबाट संस्थागत र सामुदायिक गरि ३२ बिद्यालयहरूको सहभागिता रहेको कार्यक्रममा स-साना बिद्यार्थीहरूको प्रतिभालाई प्रस्तुत गरिएको थियो ।


गाउँघरमा साना नानिहरूमा लुकेको प्रतिभालाइ पालिका स्तरिय नृत्य प्रतियोगिताले स्थान दिएको हुदा बिधार्थीहरूले पनि खुसी ब्यक्त गरेका छन् ।

प्रतियोगितामा नामसालिङ माबिबाट प्रिष्टिना बागदास पहिलो स्थानमा रहिन् भने शारदा आबि घुमाउने बाट सिमरन थामी दोस्रो स्थानमा रहिन् तेस्रो स्थानमा शिरिसे माबिबाट प्रियम लिम्बू रहिन् र ईलाम शुभकन्य बोडिङ स्कुलकी छात्रा आरोहि कोईराला चौथो स्थानमा रहिन् ।


प्रतियोगितामा सफल हुनेहरूलाई माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र अमर कल्याण माबिका प्रधानाध्यपक धन बहादुर भण्डारी ले प्रमाण पत्र शैक्षिक सामाग्री र नगद पुस्कार समेत बितरण गर्नुभयो ।
साथै प्रतियोगितामा सहभागी सबै बिधार्थीहरूलाई स्कुल ब्याग समेत बितरण गरिएको थियो ।


माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा संचालित कार्यक्रममा माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधिहरू विभिन्न बिद्यालयका बिधार्थी शिक्षक शिक्षा शाखा प्रमुख करूना नेपाल , लगायतको उपस्थितिमा कार्यक्रम समपन्न भएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारण माईजोगमाई खवरबाट भएको थियो ।

Leave a Response