समाचार

उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना निर्माण

सहयात्रा नेपाल ईलामको आयोजना तथा माईजोगमाई गाउँपालिकाको संमन्वय र प्रकृति रिसोरसेर्स सेन्टरको आर्थिक सहयोगमा माईजोगमाई गाउँपालिकाको पर्यटकीय क्षेत्र उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना शुक्रबार माईजोगमाई गाउँपालिकालाई हस्ताणतरण गरिएको छ ।

माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट नजिकै रहेको उत्तरे पोखरी माईजोगमाईको पर्यटकीय क्षेत्रको रुपमा रहेको छ ।  ३३६ मिटर परिधि रहेको पोखरीमा पानीको मात्रा घट्न थालेपछि  गुरुयोजना नै बनाएर यसको संरक्षणको काम थालिएको छ ।

सहयात्रा नेपाल ईलामकी अध्यक्ष गंगा सिवाको अध्यक्षता तथा माईजोगमाई गाउँपालिक अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता , वडा नं १ का वडाध्यक्ष याम कुमार कार्की , माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, वन बातावरण तथा बिपत ब्यवस्थापन फोकल पर्सन तथा माईजोगमाई गाउँपालिका प्रशासन शाखा प्रमुख गोकुल प्रसाद संजेल , नयाँबजार बजार ब्वस्थापन समितिका पदाधिकारीहरु , उत्तरे सिमसार संरक्षण समितिका पदाधिकारीहरु तथा स्थानिय सरोकारवालाहरुको उपस्थितिमा गुरु योजना हस्ताणतरण गरिएको हो ।

गुरुयोजना निर्माण गर्नु पुर्व बिभिन्न समयमा उत्तरे पोखरीको बिषयमा छलफलहरु भएका थियो भने कार्यक्रमको अवसरमा समेत उत्तरे पोखरीको बिषयमा पानीको मुहान संरक्षण लगायतको बिषयमा छलफल गरिएको थियो । गुरुयोजना निर्माणमा सहयोग पुर्याउनहुने योगेन्द्रमान श्रेष्ठलाई मायाको चिनो समेत पालिकाको तर्फबाट प्रदान गरिएको थियो ।

Leave a Response