
इलामको रोङ गाउपालिका ३ चिन्डेपानी को तल्लो टोलमा तिल बिक्रम खवासको घर मा आगोलागी भएको रहेछ । गए राती १० बजे तिर आगो लागेको घर परिवारले थाहा पाएर हल्ला गरेपछी छिमेकीले थाहा पाएका थिए ।
शारदा आधारभुत बिध्यालयको शिक्षक अभिभावक संघल्लको अध्यक्ष समेत रहनु भएका खवासको घरमा राती १० बजे बाट आगो लाग्न सुरु गरेको हो । ३८ बर्षको तिलबिक्रम उहाको श्रीमती र दुई छोरी गरि जम्मा चार जनाको परिवार अहिले छिमेकीको आश्रय मा छन । जेठीछोरी १० बर्ष कि कक्षा ५ मा अध्ययन गर्दै गरेकी,
र कान्छी छोरी ६ बर्षको २ मा अध्ययन रत रहेको शारदा आधारभुत बिध्यालयका शिक्षक सागर लाप्चाले बताउनु भयो ।
रातीको समयमा आगलागी भएकाले घरबाट निकाल्न जोगाउन नसकेको भन्ने जानकारी छ ।
गाउपालिका अध्यक्ष मणीकुमार श्याङ्बो उपाध्यक्ष बिस्नुमाया खवास वडा अध्यक्ष मातृका बराल वडासदस्य अमृत खवास उद्धार र राहतमा लाग्नु भएको छ । नेपाल रेडक्रस सोसाइटी हासपोखरी उपसाखाले राहत सामाग्री ग्जटना स्थल तर्फ लादैगरेको उपसाखा सचिव गणेश अर्यालले बताउनु भयो ।
आग्लागीको लारण र नोक्सानीको बिवरण संकलन गर्ने काम भैरहेको वड सदस्य अमृत खवासले बताउनु भयो ।गर्मी र खडेरीको समयमा आगलागीको जोखिम बढी हुने सम्भावना हुन्छ ।