जीवन बिकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय नयाँबजारद्वारा शारदा आधारभूत बिद्यालयलाई खेल सामाग्री बितरण
मेनुका नेपाल / माईजोगमाई खवर

शारदा आधारभूत विद्यालय लप्सीबाेटेमा , जीवन बिकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय नयाँबजार , शारदा आधारभूत बिद्यालय र 3 Zero club को संयुक्त आयाेजनमा , विद्यालयका नर्सरी कक्षाका लागि खेल सामाग्री र विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक मदनकुमार घलेकाे अध्यक्षता तथा माईजाेगमाई गाउपालिका १ नम्बर वडा अध्यक्ष यमकुमार कार्कीकाे प्रमुख आतिथ्यता साथै जीवन विकास लघुवित्त वित्तीय सस्था जिल्ला इलामका प्रमुख सुशील कुमार सिठुङ्गको विशेष आथित्यता तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दिनेश खत्री , जीवन बिकास लघुबित्त नयाँबजारका प्रमुख भोजराज खनाल, बिद्यालयका अभिभावकहरू शिक्षक बिद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयलाई सहयाेग गर्नु भएकाेमा जीवन विकास लघुवित्त वित्तीय सस्था नयाँबजार प्रति प्रधानाध्यापक मदन कुमार घलेले धन्यवाद समेत ब्यक्त गर्नुभयो ।