समाचार

झापामा गोलि चल्यो , दुईजना नियन्त्रणमा

झापाको कन्काई नगरपालिका ४ मा प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।आज साँझ कन्काई ४ मा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा उनीहरु भागेपछि खेदाउने क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो ।

भागेपछि दुई राउन्ड गोली हानेर लागूऔषधसहित भारत डिघलबैंकका अन्जार आलम र उनका भाई युसुफ आलमलाई प्रहरिले पक्राउ गरेको छ ।
एकजनाको खुट्टामा दुई गोली लागेको छ । गोलिलागेकाको उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद भएको र थप अनुसन्धान भईरहेको प्रहरिले जनाइएको छ ।
– (ठोस खवर)

Leave a Response