
राेङ गाउँपालिका वडा नं ६ स्थित सरस्वती माध्यामिक बिद्यालयमा स्थापना गरिएकाे सरस्वतीकाे मन्दिरकाे आज उद्घाटन गरिएकाे छ ।
बिद्यालयले २०८१ सालकाे दिपावली पर्वमा सचालन गरेकाे देउसी दानबाट संकलित १ लाख सत्र सय र दाताहरुकाे सहयाेग करिव ३ लाख नगद र ५३ हजार वराबरकाे जिन्सी सहयाेग जुटेकाेमा करिव ६ लाख सत्र हजारकाे लागतमा मन्दिर निर्माण कार्य सकेर हिजाे माघ १७ र १८ गते वैदिक बिधिअनुसार सरस्वती माताकाे मुर्ति स्थापना गरि प्राण प्रतिस्ठा गरिएकाे थियाे भने आज श्री पञ्चमीकाे अवसरमा राेङ गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाले पानसमा बत्ति बालेर वैदिक बिधिअनुसार मन्त्राेच्चारण सहित गाउपालिकाका उपाध्यक्ष विषणुमाया खवास वडा न ६ वडाध्यक्ष सत्यम् राई चाैरासे,वडा न ३ का वडाध्यक्ष मात्रिका वराल राेङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनाेद कुमार चाैहान लगायतले सामुहिक पुजा पाठ गरि मन्दिरकाे उद्घाटन गरिएकाे हाे ।
२०८१ मंशिर ६ गते राेङ गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया खवास द्वरा शिलन्यास गरिएकाे थियाे ।
बिद्यालयकाे ६८ औ वार्षिक उत्सव समेत रहेकाे कार्यक्रममा गत बर्षमा बिद्यालय बाट अवकास भएका पाँचजना शिक्षकहरु,पालिका स्तरिय प्रतियाेगीतामा उत्कृष्ट बिध्यार्थी र बिधागत शिक्षकलाई प्रशंसा पत्र सहित सम्मान,मन्दिर निर्माणकाे लागि पाँचहजार माथि सहयाेग गर्ने ५९ जना दानविरहरुलाई समेत रुद्राक्ष माला पहिराएर सम्मान गरिएकाे थियाे ।
मन्दिरकाे लागि साझेदारीमा राेङ गाउपालिकाले ६० हजार सहयाेग गर्ने छ । बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम समेत गरिएकाे थियाे ।