
माईजोगमाई गाउँपालिका वडा नं १ मा रहेको आधारभूत अस्पतालको आयोजनामा दादुरा-रुवेला खोप अभियान वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं १ का वडा सदस्य भक्त बहादुर चेमजोङको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
फागुन २७ गतेबाट माईजोगमाई गाउँपालिका भरी नै अभियान संचालन हुने भएको र वडा नं १ मा कुन कुन केन्द्रमा कहिले कहिले खोप अभियान संचालन गर्ने साथै दादुरा-रुवेला के हो कस्तो उमेरलाई यो खोप लगाउने लगायतको बिषयमा डा. यसमिन शेर्पाले जानकारी दिनुभयो साथै यस अभियानालाई सबैले सफल बनाउन र ९ महिना पूरा भई ५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई सबैलाई खवर गरिदिनको लागि अस्पतालका संगिता उप्रेतिले अनुरोध गर्नुभयो । फागुन २७ गते शिवमाई माबि , फागुन २८ गते शारदा आ बि लप्सीबोटे र सरस्वति आबि मलुमझुवा , फागुन २९ गते शुभकन्य बोडिङ स्कुल र पाथीभरा बोडिङ स्कुल , फागुन ३० गते शारदा आबि शंखाबुङ र चैत्र १ गते माईजोगमाई आधारभूत अस्पतालमा खोप दिईने जानकारी रहेको छ ।
यस अभियानलाई सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नको लागि आधाभूत अस्पतालले सबैमा अनुरोध गरेको छ । साथै आज नै वडा नं १ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा समेत गरिएको छ ।