
माईजोगमाई अध्यक्ष कपको आजको अन्तिम सेमि फाईनल खेल सम्पन्न भएको छ । आज भएको खेलमा ईलाम नगरपालिका र माङसेबुङ गाउपालिका बिच खेल भएको थियो । आजको खेलमा ईलाम नगरपालिकाका खेल्लाडी जर्सी नम्बर १५ का बिनोद धमलाले दोस्रो हाफको १३ मिनेटमा १ गोल गर्दै खेललाई फाईनलमा प्रबेश गराएका हुन् । माङसेवुङ गउपालिकाले पटक पटक गोल गर्ने प्रयास गर्दा पनि आजको खेलमा कुनै गोल गर्न सकेन र ईलाम नगरपालिका फाईनलमा पुगेको हो ।
फाईनल खेलमा ईलाम नगरपालिकाले फाकफोकथुम गाउपालिका सग १९ गते मंगलबार खेल खेल्ने छ ।
आज नै माईजोगमाई गाउपालिका कर्मचारी र चुलाचुली कर्मचारी टीमको मैत्रीपूर्ण खेल समेत भएको थियो ।
पाहुना टोलि चुलाचुली माईजोगमाई सम्म आएर खेलमा समावेश भएकोमा माईजोगमाई गाउपालिकाले सम्मान समेत गरेको थियो ।
आजको खेलको म्यान अफ द म्याच माङसेबुङका जर्सी नम्बर २ का खेल्लाडी मालिडना लिम्बू घोषित भएका हुन् ।
फाईनल खेलको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ । उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन् । खेलको फाईनल खेल बैशाख १९ गते माईजोगमाई गाउँपालिका नयाँबजारको बालागुरु खेलमैदानमा हुने छ ।खेलको प्रत्यक्ष प्रशारण माईजोगमाई खवरले दैनिक रुपमा गरिरहेको छ ।
फोटोको लागि लिङ्क
https://www.facebook.com/100064777236859/posts/620981333404436/?app=fbl