खेलकुद

२२ स्वर्ण पदक सहित इलाम नगरपालिका प्रथम

इलाम जिल्ला स्तरीय १५औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेलमा इलाम नगरपालिका २२ स्वर्ण, १३ रजत र ८ काश्य पदक सहित प्रथम बनेको छ ।

जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माई नगरपालिका इलामको समन्वयमा सञ्चालन भएको प्रतियोगितामा इलाम नगरपालिकाले लगातार ३ बर्ष उपाधी जित्दै शिल्ड आफ्नो पोल्टामा पारेको छ । आगामी बर्ष प्रतियोगिता सञ्चालन गर्ने जिम्मा लिएको सुर्योदय नगरपालिकाले १८ स्वर्ण, १३ रजत र २० कास्य सहित ५१ पदक जित्दै दोस्रो बनेको छ । प्रतियोगिताको व्यवस्थापक माई नगरपालिकाले १२ स्वर्ण, १२ रजत र २१ कास्य सहित ४५ पदक हात पार्दै तेस्रो बनेको छ ।

फागुन ४,५ र ६ गते माई नगरपालिकाको सितली खेलमैदानमा सम्पन्न प्रतियोगितामा माङसेबुङ गाँउपालिका ४ स्वर्ण, ३ रजत र २ कास्य सहित ९ पदक जित्दै चौथो, माईजोगमाई गाँउपालिका ३ स्वर्ण, १० रजत र २ कास्य सहित १५ पदक जित्दै पाँचौ, चुलाचुली गाँउपालिका २ स्वर्ण, ३ रजत र १९ कास्य सहित २४ पदक जित्दै छैठौ, सन्दकपुरा गाँउपालिका २ स्वर्ण सहित सातौ, रोङ गाउँपालिका १ स्वर्ण, ६ रजत र १५ कास्य सहित २२ पदक जित्दै आठौ, देउमाई नगरपालिका १ स्वर्ण, ५ रजत र ५ कास्य सहित ११ पदक जित्दै नवौ र फाकफोक थुम गाँउपालिका १ स्वर्ण, २ रजत र ६ कास्य सहित ९ पदक हात पार्दै दशौ स्थानमा परेको छ।

जिल्ला खेलकुद बिकास समिती इलामका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षता, खेल प्रशिक्षक राजकुमार खातीको सञ्चालनमा सम्पन्न प्रतियोगिता विजेता खेलाडीहरुलाई माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बु, उपमेयर हिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष खगेन्द्र बास्तोला लगायतले शिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गर्नु भएको थियो। (बिमल दाहालबाट )

Leave a Response