
माईजोगमाई ४ को नेपाल ज्योती माध्यमिक विद्यालयमा खलङ्गा गोल्डकपको दोस्रो संस्करण सुरु भएको छ । खलङ्गा फुटबल क्लबको आयोजनामा माईजोगमाई गाउँपालिका भित्र रहेका वडा स्तरीय खेल सुरु भएको हो । उद्घाटन खेल माईजोगमाई ३ र लभ्ली युवा क्लब माईजोगमाई २ बिच भएको थियो । पहिलो खेलमा लभ्ली क्लबले ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै जित निकाल्यो । लभ्लीको लागि विशाल राईले २ र जोसेफ राईले १ गोल गरे । पहिलो खेलको म्यान अफ दि म्याच विशाल घोशित भए उनले नगद पुरस्कार प्राप्त गरे ।
पहिलो दिनको दोस्रो खेल खलङ्गा फुटबल क्लब बि र योल्मो स्पोर्टिङ क्लब बिच भएको थियो । निर्धारित समयमा दुवै टिमले कुनै गोल गर्न सकेनन , दुवै टिमले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा योल्मो स्पोर्टिङ क्लब टाईबेकरमा भाग्यमानी सावित भयो । विश्व राईको प्रहार बाहिरिए सँगै टाईबेकरमा ५/४ गोल अन्तरले योल्मोले जित आफ्नो नाममा पार्यो । योल्मोको तर्फबाट १३ बर्ष मुनिको राष्ट्रिय टिमबाट खेलिसकेका प्रनिश राई म्यान अफ दि म्याच भए , उनलाई पनि नगद पुरस्कार वितरण गरिएको थियो ।
माघ ६ गते आईतबारबाट सुरु भएको फुटबल खेलको फाइनल खेल आगामी माग १४ गते सम्पन्न हुने छ भने फाइनल जित्ने टिमले नगद रु ५१ हजार १ सय ११ , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु ३१ हजार १सय११ मा चित्त बुझाउने छ ।
खेलको उद्घाटन क्लबका अध्यक्ष गोपाल प्रधानको अध्यक्षता , माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता , गाउँपालिका उपाध्यक्ष प्रविना राई , माईजोगमाई ४ का वडाध्यक्ष डुरन देवान को विशेष आतिथ्यता ,नेपाल ज्योती माविका प्रधानाध्यापक , कार्यपालिका सदस्य वडा सदस्यहरु ,विभिन्न राजनैतिक दलका प्रतिनिधि खेलप्रेमीहरू लगायतको उपस्थिति रहेको थियो