गायक निरज पोखरेल र मेलिना राईको स्वरमा रहेको मारुनी गीतको छाँयाङकन सम्पन्न
रोशन काफ्ले / माईजोगमाई

गायक निरज पोखरेल र मेलिना राईको स्वरमा रहेको मारुनी गीतको छाँयाङकन सम्पन्न गरिएको छ ।
झापा भद्रपुरलाई कर्मथलो बनाई विगत लामो समयबाट लेखन यात्रामा लागेका गीतकार सत्यनारायण तायलको शख्द रहेको गितको छायांकन सम्पन्न भएको छ । पूर्वेली जनजीवनलाई समेटेर गित लेखेको गायक पोखरेलले बताएका छन । गीतकार तायलले मारवाडी भाषामा दर्जन बढी गीत कबिता साथै अन्य लेख रचना लेखेका छन ।
अनगिन्ती नेपाली चलचित्रका गीतमा कोरियोग्राफी गरिसकेका कमल राइको निर्देशन , शिव ढकालको छायांकन साथै पदम राईको नृत्य रहेको छ उक्त गितको छायांकन सम्पन्न भएको हो ।भिडियोमा अहिलेका चर्चित मोडेल पुर्ण सावा लिम्बू र माही शर्मा ले अभिनय गरेका छन् । निर्माण नियन्त्रक भने प्रदिप महतो र कुमार सिलवालले गरेका छन ।
गीतकार सत्यनारायण तायलको शब्द रचना रहेको ” नजाउ मलाई एक्लै छोडी” बोलको मारुनी गीतमा झापाली गायक निरज पोखरेल र मेलिना राइको रहेको छ भने सङ्गीत गायक निरज पोखरेलकै रहेको छ ।
दर्जनौ सङ्गसस्थामा आबद्ध गीतकार तायलको गीत मारुनी चाँडै ओ .एस. आर डिजिटलबाट रिलिज हुने गायक तथा संगितकार पोखरेलले बताए।