समाचार

सवारी दुर्घटनामा १ महिलाको मृत्यु

आज बिहान करिब १० : ४५ बजे भएको सवारी दुर्घटनामा परी १ महिलाको घटनास्थलमानै मृ..त्यु भएको छ । मृत्युहुनेमा बुद्धशान्ति ४ की २७ वर्षिया अमृता तामाङ रहेकी छिन् ।

बुद्धशान्ति ४ स्थित हापेन चौकमा बुधबारेबाट इलाम तर्फ जाँदै गरेको प्र १ – ०१ – ००१ ज ३८५१ नम्बरको बोलेरो र विपरित दिशाबाट आउँदै गरेको प्र १ – ०१ – ००२ ह ३६३ नम्बरको अटो एक आपसमा ठिक्किँदा दु.र्घटना भएको थियो ।

त्यस्तै दु.र्घटनामा अटो सवार २१ वर्षिय कृतिका तामाङ, ४१ वर्षिय मन्जु तामाङपनि सामान्य घाइते भएका छन् । यता बुलेरो चालक मेचीनगर १२ का ४० वर्षिय दिलकुमार थामी पनि उपचारका क्रममा हस्पिटलमा छन् भने अटो चालक बुद्धशान्ति ४ जोरलाबरका का ५३ वर्षिया सेवारो साँइला भनेर चिनिनेलाई इलाका प्रहरी कार्यालय बुधबारले नियन्त्रणमा लिएको छ । (बुद्दशान्ति साप्तहिक)

Leave a Response