अन्तराष्ट्रिय

हिमालयन इथ्निक गायन प्रतियोगितामा इलामकी फुट्टी उपबिजेता, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले ब्यक्तिगत रुपमा दिए भारु १ लाख

भारतको सिलगुरीमा सम्पन्न हिमालयन इथ्निक गायन प्रतियोगिता २०२४ मा नेपालको शेर्पा समुदायको प्रतिनिधित्व गर्दै इलामकी फुटी शेर्पा फस्ट रनरअप भएकी छिन् ।

इलाम, माइजोगमाई गाउँपालिका वडा नं ६, प्याङ्ग निवासी फुट्टी शेर्पालाई सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले अवार्ड प्रदान गरे भने ब्यक्तिगत रुपमा दिए भारु १ लाख समेत प्रदान गरे । उपाधिसंगै उनले शेर्पा गीत समेत रेकर्ड गराउने अवसर प्राप्त गरेकी छिन् ।
वर्णमाला परिवारले आयोजना गरेको अन्तर्राष्ट्रिय गायन प्रतियोगितामा आफ्नो शेर्पा भाषाको मौलिक गीतमा उत्कृष्ट प्रदर्शन गर्दै  गायिका फुट्टी शेर्पा उपविजेता बन्न सफल भएकी हुन्। उनि एक सफल टुंग्ना बादक पनि हुन्। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा गायन क्षेत्रको लागि यो एक उल्लेखनीय सफलता हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ उपस्थित थिए। उक्त प्रतियोगितामा ‘टप थ्री लाइभ प्रस्तुति’ मा द थ्री सिज ब्याण्डको साथमा गायिका  शेर्पाले टुंना बजाउदै  शेर्पा भाषाको गीत प्रस्तुत गरेकी थिइन् ।

जातीय संगीत, संस्कृति र सम्पदाको तीन दिने सांगीतिक प्रतिस्पर्धामा विभिन्न कलाकारहरूको आकर्षक प्रस्तुति प्रस्तुत गरेका थिए । यस गायन प्रतियोगितामा पश्चिम बंगालको टोटोपाराका सोनी टोटोले प्रथम स्थान हाशिल गरेका थिए ।
माइजोगमाई गाउँपालिका –६, इलामकी गायिका शेर्पा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण पहिलो शेर्पा महिला गायिका हुन् । थुप्रै राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गायिका शेर्पा हिमालयन शेर्पा  संस्कृतिक केन्द्रको सचिव पदमा रही संस्कृति संरक्षण र प्रबर्द्धनमा सक्रिय छिन ।

‘वर्णमाला परिवार’ ले कार्यक्रममा उपस्थित व्यक्तित्वहरु मुख्यमन्त्री प्रेम सिंह तामाङ, उगेन चोपेल, मोहन राई, थेन्डुप नोर्बु, गर्जन कुमार मल्लिक, नरेन्द्र कुमार तामाङ, रमेश छेत्री,  बिके प्रधान,  म्याट कीगन र वर्णमाला परिवारका गायकहरूलाई सम्मान प्रदान गरेको थियो।

Leave a Response