माईजोगमाई सेरोफेरो

अमर कल्याण नमुना माबिको सभाहल उद्घाटन

माईजोगमाई खवर

माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको अमर कल्याण नमुना माबिमा गत आर्थिक बर्ष २०७६/०७७ बाट निर्माण सुरू भएको सभाहलको आज एक कार्यक्रमको बिच माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको संयुक्त बाहुलिबाट उद्घाटन गरिएको छ ।

माईजोगमाई गाउँपालिकाको आर्थिक बर्ष २०७६/७७ मा १० लाख आर्थिक बर्ष २०८०/०८१ मा २० लाख र आर्थिक बर्ष २०८१/०८२ मा ५ लाख गरी  कुल लागत ३५ लाख र स्थानिय बिद्यालयको स्रोत बाट ३ लाख २३ हजार ९ सय ७५ रूपैया १२ पैसा गरी  जम्मा  लागत ३८ लाख २३ हजर ९ सय ७५ रूपैया १२ पैसामा निर्माण गरिएको सभाहलमा ३०० जना मानिस अटाउन सकिने छ ।

गाउँपालिकाको केन्द्र समेत रहेको नयाँबजारमा सभा हलको अभाव हुदा विभिन्न कार्यक्रमहरू गर्न समस्या हुने गरेको थियो । तर नयाँबजारमा सभा हल निर्माण भएपछि बिभन्न किसिमका कार्यक्रमहरू संचालन गर्नको लागि सहज भएको छ ।

सभाहलमा हलको लागि स्टेज निर्माण , ३०० मानिस हटाउन सकिने कुर्सी ,सोफासेट , साउण्ड सेट , लगायतको ब्यवस्था समेत गरिएको छ ।

कार्यक्रमको अवसरमा माईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सफल हुने बिद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो भने बिद्यालयमा स्थापना भएको बेममाया स्मृति अक्षयकोषबाट बिद्यालयका बिद्यार्थीहरू अजयदेव फागो र शर्मिला गुरूङलाई छात्रबृद्दि प्रदान समेत गरिएको थियो ।

सभाहल अमर कल्याण नमुना माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष याम कुमार कार्कीको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता , माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता , बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरू , बिद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा आज सभाहलको उद्घाटन गरिएको हो ।

कार्यक्रमको संचालन बिद्यालयका शिक्षक रोशन ढुङ्गेलले संचालन गर्नुभएको थियो ।

Leave a Response