समाचार

इलाममा ‘शंकास्पद’ अवस्थामा बालिकाको शव फेला

इलामको माङ्सेबुङ गाउँपालिकामा शंकास्पद अवस्थामा बालिकाको शव फेला परेको छ ।

माङ्सेबुङ गाउँपालिका १, देउराली भन्ने स्थानको बारीमा घाँटीमा डाम भएको अवस्थामा १० वर्षीया सुप्रिया राईको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईका अनुसार गएराति ९ बजेतिर प्रहरीलाई बालिकाको शव फेला परेको सूचना आएको थियो । मावली घर बस्दै आएकी ती बालिका त्यही वडाको तोभाङका सुरेन्द्र राईकी छोरी हुन् ।

‘घटना शंकास्पद छ, शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउँदैछौं,’ डिएसपी राईले भने, ‘थप विवरणका लागि घटनाको अनुसन्धान भइरहेको छ ।’

सुप्रिया सानैदेखि मावली घर बस्दैआएकी थिइन् । (पालिकापेज)

Leave a Response