
माईजोगमाइ गाउँपालिका वडा नं १ नयाँबजरमा आज एक कार्यक्रमका बिच तीन वटा कृतिको बिमोचन भएको छ ।
माईजोगमाई गउँपालिकामा नै पहिलो पटक साहित्यिक समूह दर्ता गरि साहित्यीक कार्यक्रम पहिलो पटक भएको हो । नयावजारमा बस्ती बसाई नयाँबजार सम्म सडक पुर्याउने बालागुरूको बिषयमा समेत केही दिन अगाडि ईच्छाराम कट्टेलले बालागुरूको सङ्छिप्त जिवनी लेखी सकेका छन् ।
यसैगरी आज दुर्गा प्रसाद उपाध्याय पौडेलको छरपस्ट कबिता संग्रह, केशवराज पौडेलको कामना कविता संग्रह र नारायण प्रसाद चँदाराको गुरूदक्षिणा संक्षित्व जिवनी संग्रह बिमोचन भएको हो ।
साबिकको नयाबजार गाबिस वडा नं ५ प्रेमेजुङमा बि.स. १९९७ साल चैत्र १५ गते जन्मिएका दुर्गाप्रसाद उपाध्याय पौडेलले ३४ बर्ष शिक्षण सेवा गरि बि.स. २०५७ चैत्रदेखी श्री अमरकल्याण माबि नयाँबजारबाट सेवा निवृत्त भएका हुन् उनको कृतिमा १८ वटा कविताहरू रहेका छन् ।
यसैगरी बि.स. २०१७ साल चैत्र २२ गते साबिकको नयाँबजार गाबिस वडा नं ५ गुप्तीमा जन्मिएका केशवराज पौडेल ४१ बर्ष शिक्षण सेवा गरि २०७७ सालदेखि श्री अमरकल्याण माबि नयाँबजारबाट सेवा निवृत्त भएका हुन् । उनले शिक्षण पेसामा रहदा माबि शिक्षक , प्रधानध्यापक , स्रोत ब्याक्ति र माईजोगमाई गउपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी समेत समालेका थिए । उनको कृतिमा १०३ वटा कविता हरू रहेका छन् ।
आज नै बिमोचन भएको अर्को कृति थियो गुरूदक्षिणा .
माईजोगमाई गाउपालिका वडा नं १ साबिकको नयाँबजार गाबिस वडा नं ६ शंखाबुङमा जन्मिएका नारायण प्रसाद चँदराले आफ्ना १८ जना गुरूहरूको संछित्व जिवनीलाई समेटेर जीवनी संग्रह विमोचन भएको हो ।
लेखक भन्छन् ” हाम्रो जिवनमा माता पिता पछिका सबभन्दा श्रेष्ट गुरु नै हुन् । मानिसभित्र रहेको अन्धकार हटाई ज्ञान दिने पनि गुरु नै हो । अनि मान्छेभित्रको क्षमतालाई बिस्तार र सहि परिचालन गर्न पनि गुरूको आवशयकता पर्दछ ।”
कार्यक्रममा १८ जना गुरूहरूलाई सम्मसन समेत गरिएको थियो साथै आज प्रतियोगितात्मक खुल्ला रूपमा साहित्य बाचन कार्यक्रम रहेको रहेको थियो ।
बालागुरूले तपश्य गरेको भुमी अनि बालागुरूले स्थापना गरेको बिद्यालयमा साहित्यिक कार्यक्रम हिदा उपस्थित सबैले खुसी ब्याक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राईले माईजोगमाईको साहित्य प्रेमीलाई अगाडि बढाउन सहयोग गरौकोमा थुम्के साहित्यिक समूह प्रति आभार प्रकट गरेकी थिन । माईजोगमाईको साहित्यलाई कहिले मर्न नदिने र आगमी दिनमा गाउँपालिकाले साहित्यिक कार्यक्रमलाई थप सहयोग गर्दै जाने कुरा बताईन ।
यस कार्यक्रम सफल पार्नमा सहयोग गर्ने सबैमा साहित्यीक समुहका उपाध्यक्ष एवम कार्यक्रमका सभाध्यक्ष गोकुल प्रसाद संजेलले सबैलाई धन्यवाद समेत ब्याक्त गरे ।
थुम्के साहित्यिक समुहका उपाध्यक्ष गोकुल प्रसाद संजेलको अध्यक्षतामा भएको कार्यक्रममा माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राईको प्रमुख आथित्यता , अतिथि माईजोगमाई गाउपालिका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई ,साहित्यकार डा. देबि छेत्री दुलाल ,झापाली श्रस्टा तथा आख्यानकार कुमार भट्टराई म र ब क्याम्पस इलामका उप प्राध्यापक केश बहादुर राई, कृतिकार इच्छा राम कट्टेल,अमरकल्याण माबी का प्रधानाधयापक धन बहादुर भण्डारी लगाएत अन्य विभिन्न साहित्यकार शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । तीन वटा नै कृति माथिको टिप्पणी पाटन क्याम्पस का उप प्राध्यापक तथा साहित्यकार हेम भण्डारी ले गर्नु भएको थियो !!