माईजोगमाई सेरोफेरोसमाचार

उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना निर्माण

✍️ मेनुका नेपाल

विश्व सिमसार दिवसको अवसरमा माईजोगमाई गाउँपालिका र सहयात्रा नेपाल ईलामको संयुक्त आयोजनामा उत्तरे पोखरी सिमसार संरक्षण गुरु योजना  २०८१ को मस्यौदाहरू  पारित गरिएको छ । सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी सिवाको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता साथै गाउपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आतिथ्यता, वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरू वडा सदस्यहरू, सव डिभिजन बन कार्यलय माईजोगमाईका वन अधिकृत, ईलाका प्रहरी कार्यालय नयाँबजार इन्चार्ज उत्तरे पोखरी सिमसार संरक्षण समिति , उत्तरे पोखरी सामुदायिक बन समितिका पदाधिकारीहरू छिपछिपे सिमसार संरक्षण समितिका पदाधिकारीहरू नयाँबजार बजार ब्यवस्थान समितिका पदाधिकारीहरू  तथा सरोकारवालाहरुको उपस्थितिमा गुरु योजना निर्माण कार्यक्रम सम्पन्न गरिएको हो ।

गुरूयोजनामा कृषि ,पर्यटन , खानेपानी संरक्षण, लगायतका कुराहरू समेटिएको छ । उत्तरे पोखरीको बिकास गर्न सके उक्त क्षेत्रका बासिन्दाको आय आर्जनमा पनि सघाउ पुने स्थानिय बताउछन् ।

पोखरीको पानी बिगतको दिनमा सुकेकोमा पालिका र सहयात्रा नेपालले आर्थिक लगानि गरि पानीलाई सुक्न नदिनको लागि वालहरू बनाउने र भुगर्वविद समेत ल्याएर अन्य आवश्यक कामहरू पनि गरेको थियो ।

तीन सय ३५ मिटर परिधिको पर्यटकीय उत्तरेपोखरी संरक्षणपछि यो क्षेत्र आसपासमा बसोबास गर्नेको जीविकोपार्जनसमेतलाई टेवा पुग्ने छ ।

इतिहासमा पोखरी कहिले र कसरी बन्यो भन्नेबारे यकिन विवरण पाउन सकिएको छैन । बालागुरु यो क्षेत्रमा आउँदाको समयमा पोखरी बारेर भैंसीलाई आहाल खेलाउने गरेको स्थानीय बुढापाका बताउँछन् ।
जंगलको बीचमा रहेपनि पोखरीमा रुखका एउटै पात नहुनु र पात झर्नैबित्तिकै चराले टिपेर लैजानु यहाँको नौलो आकर्षण भएको समेत स्थानीय सुनाउँछन् ।

Leave a Response