
इलामको माइजोगमाई गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । अग्नि इन्टरप्राइजेस कम्पनी बाट खरिद गरेको एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
माइजोगमाई गाउँपालिकाको आधारभुत अस्पताल मार्फत संचालन हुने एम्बुलेन्स पालिकाले गत आर्थिक वर्षमा खरिद गरेको स्वास्थ्य शाखा प्रमुख राम शंकर देवले बताए । १९ लाख ९८ हजारमा खरिद गरेको एम्बुलेन्स नेपाल सरकारको कर छुट प्रक्रियाका कारण ढिलो गरि मात्रै आइपुगेको प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले बताए ।
नेपाल सरकारको कर छुटको सुविधा अनुसार एम्बुलेन्स खरिद भएको स्वास्थ्य शाखा प्रमुख देवले बताए । ख वर्गको एम्बुलेन्स खरिद गरि संचालन गर्ने माईजोगमाई गाउँपालिकाले एम्बुलेन्स संचालन निर्देशीका मार्फत सेवा प्रदान गर्ने योजना बनाएको छ ।
add a comment