माईजोगमाई सेरोफेरो

माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष (HELP DESK)को स्थापना

माईजोगमाई खवर

माईजोगमाई गाउँपालिकामा पहिलो पटक सोधपुछ तथा सहायता कक्षको स्थापना गरिएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे , उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले संयुक्त रुपमा सहायता कक्षको उद्घाटन गर्नुभएको हो ।

सहायता कक्षले गाउँपालिकाले प्रवाह गर्ने सेवाहरु सम्बन्धमा सेवाग्राहीलाई सहजिकरण गर्ने छ । सहायता कक्षाको स्थापना पश्चात कुन सेवा कहाबाट कसरी प्राप्त हुने भन्ने जानकारी सेवा ग्राहीलाई जानकारी प्राप्त हुने भएकोले सेवा प्राप्त गर्न अलमल हुनु पर्ने अवस्थाको समाधान भई सेवा ग्राहीलाई सेवा प्राप्त गर्न र सेवा प्रदायकलाई सेवा प्रवाह गर्न समेत सहज भई सेवा ग्राही र सेवा प्रदायक बिचमा सुमधुर सम्बन्ध समेत स्थापित हुने भएकोले आजबाट माईजोगमाई गाउँपालिकामा सहायता कक्षको स्थापना भएको हो ।

Leave a Response