समाचार

माई नगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतका रूपमा विनिता सुवेदीले सम्हालिन् कार्यभार

माईजोगमाई खवर

माई नगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतका रूपमा श्रीमती विनिता सुवेदीले कार्यभार सम्हालेकी छन्। कार्यभार सम्हाल्न नगरपालिका आएकी सुवेदीलाई नगर कार्यपालिकाको कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच स्वागत गरिएको छ।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरूले सुवेदीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

नगरपालिकाले सुवेदीको कार्यकाल सुखद, सफल तथा उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेको छ।

यसैबीच, कोशी प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई माई नगरपालिकामा नियुक्त भएका विभिन्न सेवा तथा समूहका नवनियुक्त कर्मचारीहरूलाई समेत सोही कार्यक्रममा स्वागत गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकामा नयाँ नेतृत्व तथा कर्मचारीहरूको आगमनसँगै सेवा प्रवाहलाई थप प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ।

Leave a Response