माईजोगमाईमा स्वास्थ्य परीक्षणसहित अपाङ्गता परिचयपत्र तथा सहयोगी सामग्री वितरण
माईजोगमाई खवर

माइजोगमाई गाउँपालिका वडा नं ३ र ४ नामसालिङमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षणसहित अपाङ्गता परिचयपत्र तथा सहयोगी सामग्री वितरण गरिएको छ।
कार्यक्रममार्फत २ जना अति अशक्त अपाङ्गता(ख बर्ग) भएका व्यक्तिको अपाङ्गता परिचयपत्र परिवर्तन गरिएको छ भने १ जनालाई सामान्य(घ बर्ग) अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई ध्यानमा राख्दै स्वास्थ्य परीक्षणसहित १ जनालाई ह्वीलचेयर (Wheelchair) समेत वितरण गरिएको छ।
त्यस्तै, कार्यक्रममा ४ जना अपाङ्गता भएका व्यक्तिलाई पौष्टिक सामग्री वितरण गरिएको छ। स्वास्थ्य परीक्षण तथा आवश्यकताका आधारमा सेवा उपलब्ध गराइएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रत्यक्ष लाभ पुगेको बताइएको छ।
कार्यक्रममा अपाङ्गता समन्वय समितिका संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई, डा. यसमिन शेर्पा, सामाजिक बिकास शाखा प्रमुख मान बहादुर पौडेल, अपाङ्गता सहजकर्ता सरोज पौडेल तथा स्वास्थ्यकर्मी संगिता उप्रेतीको उपस्थिति रहेको थियो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै उनीहरूको आवश्यकताका आधारमा परिचयपत्रसम्बन्धी सेवा, सहयोगी सामग्री तथा पौष्टिक सामग्री उपलब्ध गराइएको हो। यस प्रकारका कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यबाट प्राप्त हुने सेवा–सुविधामा सहज पहुँच पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





