समाचार

स्थानीयमा विधायिकी अभ्यासबारे दुई कार्यशाला सम्पन्न

माईजोगमाई खवर

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा मधेश र कोशीमा स्थानीय तहमा विधायिकी अधिकारको प्रयोग र तहगत विधायिकी अन्तरसम्बन्ध सम्बन्धी प्रदेश स्तरीय कार्यशाला सम्पन्न गरेको छ।

अन्तर-विधायिकी सम्बन्ध (ILR) सुदृढ गर्दै स्थानीय विधायिकी संरचनाको भूमिका सशक्त बनाउनु कार्यशालाको मुख्य उद्देश्य रहेको थियो। कार्यशालामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कानुन अधिकृतहरुको सहभागिता रहेको थियो। सहजिकरण संबिधान सभाका सदस्यद्वय कृष्णप्रसाद सापकोटा र वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटा तथा महासंघका कार्यकारी निर्देशकले गर्नु भएको थियो।

कोशीमा भएको कार्यशालामा महासंघका उपाध्यक्ष लक्ष्मण शाही र महासचिव खिमबहादुर थापाको सहभागिता रहेको थियो।

पहिलो चरणमा स्थानीय व्ययवस्थापिकाबीचमा भएको कार्यशाला पश्चात अब दोस्रो चरणमा कोशी र मधेश प्रदेश सभाका सदस्य र स्थानीय सभाका सदस्यबीच कार्यशाला हुनेछ भने तेस्रो चरणमा तीन तहकै व्यवस्थापिकाका सदस्यहरुबीच हुनेछ।

संघ, प्रदेश र स्थानीय तहका विधायिकी संरचनाबीच अन्तर-विधायिकी सम्बन्ध सुदृढ गर्दै स्थानीय विधायिकी क्षमता, कानुन निर्माण, अभिलेखीकरण, अनुगमन तथा कार्यान्वयनमा सुधारका लागि साझा समझदारी, संस्थागत समन्वय, मापदण्ड र कार्यान्वयनयोग्य रणनीति तथा सुधारका उपायहरू तय हुनेछन्। (ilam times)

Leave a Response