माईजोगमाईमा जारी बालाचतुर्दशी कप २०८१ अन्तर्गत आज दुई खेलहरु सम्पन्न भएको छ । आजको पहिलो खेल ज्योती स्पोर्टिङ क्लब माइजोगमाई ४ ले प्रेमेजुङ्ग एफसिलाई 0 का विरुद्ध २ गोल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । ज्योतीको तर्फबाट पहिलो हाफमा सुदर्सन लिम्बू र कप्तान जुयल राईले गोल गर्दै सेमिफाइनलमा आफ्नो टिम सुरक्षित गरे ।
त्यस्तै आजै भएको दोस्रो खेलमा रेड डेभिल्स नयाँबजारले नामसालिङ फुटबल क्लबलाई ४/० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । पहिलो हाफ दुवै टिमले कुनै गोल गरेनन सबै गोल रेड डेभिल्सको तर्फबाट दोस्रो हाफमै गर्यो । रेड डेभिल्सको तर्फबाट मिङ्मा गुरुङ ,सुशील सुब्बा , आशिष राई र शेखर राईले गोल गरे ।
भोलि २ खेलहरु हुनेछ भने फाइनल खेल १९ गते सम्पन्न हुनेछ । फाइनल जित्ने टिमले नगद रु ५० हजार , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु ३० हजार ट्रफी , मेडल र प्रमाणपत्र पाउनेछ ।