माईजोगमाई गाउँपालिका वडा नं १ शंखाबुङमा शंखाबुङ युथ क्लवको आयोजनामा गत कात्तिक १२ गतेबाट संचालित प्रथम शंखाबुङ गोल्डकपको फाईनल खेल २५ गते आईतबार समापन भएको छ ।
आयोजक समितिका अध्यक्ष दिपेश निरौलाको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता , वडा नं १ का वडाध्यक्ष याम कुमार कार्कीको विशेष आथित्यता साथै वडा नं १ का वडा सदस्य कल्पना रसाईली वडा नं १ का वडासदस्य भक्त चेमजोङ , वडा नं २ का वडासदस्य रमेश राई , विभिन्न राजनैतिक दलका प्रतिनिधि , शारदा आधारभूत बिद्यालय शंखाबुङका प्रधानाध्यापक ढाकानाथ खतिवडा , सारदा आधरभूत बिद्यालयका बिव्यस अध्यक्ष खड्ग निरौला , खेलमैदानको जग्गादाता हेमकर्ण निरौला , माईजोगमाई खेलकुद बिकास परिषदका पदाधिकारीहरू , स्थानिय समाजसेवी , खेलप्रेमी , लगायतको बाक्लो उपस्थितिमा फाईनल खेल सम्पन्न भएको छ ।
फाईनल खेल एफएफसि घारेगाउँ र आयो गोर्खाली माईमझुवा बिचको खेलमा खेलको पहिलो हाफको १० मिनेटमा आयो गोर्खालीको तर्फबाट जर्सी नम्बर ४ का रजिन माझीले १ गोल गरि खेललाई अघि बढाएका थिए । खेलको मध्यन्तर अगाडि आयो गोर्खाली १ गोलले अगाडि रहेकोमा खेलको दोस्रो हाफको ६ मिनेटमा एफएफसि घारेगाउँका जर्सी नम्बर १२ का बिनोद पोख्रेलले खेललाई बराबरीमा पुराए । खेलको दोस्रो हाफको १५ औ मिनेटमा एफएफसि घारेगाउँका जर्सी नम्बर ११ का खेल्लाडी बिनोद धमलाले १ गोल गर्दै खेललाई थप अगाडि बढाए । खेलको दोस्रो हाफको अन्तिममा एफएफसी घारेगाउँका खेल्लाडी जर्सी नम्बर ६ का श्याम मुर्मुले १ गोल गर्दै आफ्नो टिमलाई जितको नजिक पुर्याएका हुन् । अन्त:त खेलको बिजयी टिम एफएफसी घारेगाउँ हुन पुग्यो ।
खेलको बिजेता टिमले नगद रू ५०,००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ भने उपबिजेता टिमले नगद रू ३०,००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हातपारेको छ । खेलमा सर्वाधिक गोलकर्ता जोसेफ राई घोसित भए , उदयमान खेल्लाडी रियान लाप्चा घोसित भए , उत्कृष्ट डिफेन्स आयुस तिम्सीना घोसित भए, उत्कृष्ट खेल्लाडी झरण राई घोसित भए , उत्कृष्ट गोल किप्परमा सर्जन आङ्वो घोसित भए ।
उनिहरूलाई ट्रफी मेडल र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।
खेलको निर्णायका लाकेल योल्मू , रन्जु योल्मू , उमेश राई , निमा लेप्चा र सोमछिरिङ लेप्चा रहेका थिए ।
साथै खेलको अवसरमा भाग्यशाली चिठ्ठाको समेत आयोजना गरिएको थियो भने हाडी फुटाउने कार्यक्रम र बिविध सास्कृतिक कार्यक्रमको आयोजना समेत रहेको थियो। कार्यक्रमको प्रत्यक्ष प्रशारण माईजोगमाई खवरले गरेको थियो । कार्यक्रमको संचालन शंखाबुङ युथ क्लवका अरन्त निरौलाले संचालन गरेका थिए ।