श्री चुल्ठे शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ५,६ झापा र रोङ ५ इलामको ३२ औँ वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ । रोङ ५ इलामका वडाध्यक्ष दल बहादुर पुलामिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न कार्ययोजना प्रस्तुत गरिएको छ ।
वनका अध्यक्ष प्रदिप देव खतिवडा (सुजन)ले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामा वन संरक्षण र पर्यापर्यटनको विकासलाई जोड दिइएको छ । कार्यक्रममा अध्यक्ष खतिवडाले वार्षिक कार्यप्रगति प्रतिवेदन, बजेट मस्यौदा समिति सदस्य आनन्द कोइरालाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक गङ्गाराम राईले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बिशेष अतिथि बुद्धशान्ति ५ का वडाध्यक्ष डेगेन्द्र कार्कि, प्रमुख अतिथि दल बहादुर पुलामी, पुर्व सचिव गिता अधिकारि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले चुल्ठे सामुदायिक वनले गरेका विभिन्न कार्यक्रमको प्रसम्सा गर्दै इलाम जिल्ला भरी प्रथम भई सम्मानित भएकोमा खुशी व्यक्त गर्नुभयो । बिशेष अतिथी कार्किले सामुदायिक वनले वनको संरक्षण र सदुपयोगमा उल्लेखनीय काम गरेकोमा अध्यक्षलगायत समितिलाई धन्यवाद दिनुभयो त्यसैगरी पुर्व सचिव अधिकारिले वनलाई संरक्षण र बिकासको लागि सबै आम उपभोक्ता एक जुट भएर लाग्न आग्रह गर्नु भयो ।
वनका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पबित्रा न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सचिव चुडामणी न्यौपानेले सञ्चालन गर्नु भएको थियो । साधारण सभाको बन्दसत्रले कार्ययोजना, नीति तथा कार्यक्रम, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।