माईजोगमाई सेरोफेरो

माईजोगमाई गाउँपालिकाद्वारा नयाँबजारको बजार अनुगमन

माईजोगमाई गाउँपालिका अनुगमन समिति संयोजक प्रविना राईको संयोजकत्वमा आज माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारको बजार अनुगमन गरिएको छ । अनुगमन समिति संयोजक प्रविना राई सहित गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत , ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी ईन्चार्ज सहित प्रहरीहरु गाउँपालिकाका कर्मचारीहरु वडा नं १ का वडासदस्यहरु, स्वस्थ्य कर्मीहरु तथा नयाँबजार बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको टोलिले आज बजारको खाध्यन्न पसल र होटलहरू गरी ४३ वटा पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा केहि पसलहरुको वडामा दर्ता नगरिएको भेटिएको थियो , केहि पसलहरुमा मात्र मुल्य सुची राखिएको र बाकी पसलहरुमा मुल्य सुची समेत नराखिएको पाइएको थियो , केहि पसलहरुमा बिक्रीका लागि राखिएको केहि सामानहरु म्याद नाघेको पाईएको थियो । म्याद गुज्रिएको सामाहरुलाई अनुगमन टोलिले संकलन गरी डिस्पोज गरेको थियो भने आगमी दिनमा खाध्यन्न सामाग्रीहरु बिक्री बितरणको लागि पसलमा राख्दा म्याद रहेका सामाग्रीहरु मात्र राख्ने र पसलमा मुल्य सुची राख्नको लागि समेत सल्लाह सुझाव समेत प्रदान गरिएको थियो ।

गाउँपालिकाले बिभिन्न चाडपर्वहरुलाई लक्षित गरी बजारको अनुगमन गरेको हो । गाउँपालिकाले अन्य पसलहरुको आगमी दिनमा अनुगमन गर्ने भएको छ ।

Leave a Response